समाचार

ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु ।

पाँचथरको रानीटार– ६ स्थित चियाबारीमा आज बिहान भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीनजना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा रानीटार– ६ का ५२ वर्षीय भिमबहादुर गुरुङ रहेका छन् । उपचारका क्रममा उनको फिदिमस्थित पाथिभरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते भएकामध्ये रानीटार–६ का सूर्यमान गुरुङ र फिदिमनगरपालिका–३ का जयकुमार राईको झापाको विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा तथा फिदिम नगरपालिका–३ कामानबहादुर राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मे १ त ३६९० नं ट्याक्टर गोलिया काठ लिएर फिदिमतिर आउने क्रममा अनियन्त्रित भई सडकबाट पल्टिएको थियो ।

Vijaypur Top Ten Songs

  • prayash - MEJOR 3...............
  • Laure- sathi ho...............
  • Aaideu - nexus...............
  • koshi ko pani-nepathya...............
  • Aaja mero maan - suman gurung...............
  • meri maya - Adrian pradhan...............
  • Nira-purano dunga...............
View All

Photo Gallery