समाचार

बालक हत्या गर्ने महिलालाइ जन्मकैदको सजाय ।

दश वर्षीय देवरको हत्या गर्ने महिलालाई राजविराज जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश शङ्करबहादुर राईको इजलासले बालक हत्यामा कसुर ठहर गर्दै सञ्जीलादेवी साह यादवलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो । स्थानीय फकिरा गाविस–५ घर भएका हाल राजविराज नगरपालिका–५ मा बस्दै आएकी २२ वर्षीया साहले आफ्नै देवर प्रमोदकुमार साहको गत वैशाख २७ गते हत्या गरेकी थिइन् । बालक प्रमोदलाई कुटपिट गरेर हत्या गरी घरदेखि ६०० मिटर दक्षिण राजविराज नगरपालिका–६ स्थित नालाको कल्भर्टमा उनले शव फालेकी थिइन् । मृतकका बुबा उमेशकुमार साहले निजआरोपित बिरुद्ध गत वैशाख २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

Vijaypur Top Ten Songs

  • prayash - MEJOR 3...............
  • Laure- sathi ho...............
  • Aaideu - nexus...............
  • koshi ko pani-nepathya...............
  • Aaja mero maan - suman gurung...............
  • meri maya - Adrian pradhan...............
  • Nira-purano dunga...............
View All

Photo Gallery