समाचार

जोगबनी किमाथाङका ६ लेनको सडक निर्माणको धरानमा विरोध III

road.jpg

धरान, धरानको सेउती पश्चिम किनारा बस्ती संरक्षण समितिले राज्यका विभिन्न निकाय तथा सरोकारवालाईहरुलाई ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाएको छ ।
जोगबनी किमांथाका ६ लेनको बाटो धरानमा भने बीच सडकबाट नभई सेउती  खोला किनारबाट लाने नेपाल सरकारको निर्णय अनुरुप डिपिआर हुदै गरेको अवस्थामा आन्दोलित समितिले सेउती खोला किनारामा बस्ने स्थानीयहरुलाई उठीबास लगाई सडक बनाउन लागेके भन्दै त्यस क्षेत्रको बस्तीको संरक्षण गर्ने उद्देश्यले बनेको सो समितिले आज इलाका प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालय, क्षेत्रीय सडक डिभिजन कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय इनरुवा, भौतिक योजना तथा निर्माण मन्त्रालय लगायत राजनीतिक दल, विभिन्न संघ संस्था र सरोकारवालाहरुलाई समेत ज्ञापनपत्र बुझाएकाहुन्।
ज्ञापनपत्र बुझाउने क्रममा संरक्षण समितिका अध्यक्ष अइन्द्रविक्रम बेघाले स्थानीयहरुलाई थाहै नदिई यस क्षेत्रका बासिन्दालाइ उठिबास लगाउने उद्देश्यले आयोजन गर्न लागेको यो सडक निर्माण गर्न जबरजस्ती नगर्न आग्रह गर्दै जबरजस्ती गरेमा घट्नाको सम्पूर्ण जिम्मेबार सम्बन्धित पक्षले लिनुपर्ने बताउनुभयो । ज्ञापनपत्र बुझाउन गएका संरक्षण समितिका पदाधिकारीहरल्ो ६ लेनको कोशी राजमार्ग निर्माण गर्दा यसले सेउती पश्चिम किनारा धरान १५ मा ठूलो क्षति हुने मात्र हैन यस क्षेत्रमा रहेका दुई दर्जन भन्दा बढी शैक्षिक संस्था, सार्वजनिक महत्वका भवनहरु क्षतिग्रस्त हुने भएको स्थानीयको सहमति नगरी अगाडि नबढाउन ज्ञापनपत्र मार्फत अनुरोध गरिएको छ ।
 स्थानीयलाई विस्थापित गर्ने भन्दा पनि यस क्षेत्रमा रहेका बस्ती, सार्वजनिक स्थल, वन समेत संरक्षण गर्न सेउती खोलामा दीर्घकालीन तटबन्धनको निर्माण गर्न उनीहरुले सुझाब समेत दिएका छन् । उनीहरुले वैकल्पिक मार्गको खोजी गर्न समेत माग गरेका छन् । ज्ञापनपत्र बुझ्दै इलाका प्रशासन कार्यालयका प्रमुख कमलबहादुर थापाले ज्ञापनपत्र सम्बन्धित निकायमा फ्याक्समार्फत पठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Vijaypur Top Ten Songs

  • J J bhanchau...............
  • Kunai Din...............
  • Pahenlo Batti Muni ...............
  • Jhyamma Jhyamma...............
  • A Mero Hajur...............
  • J J Bhanchhau-Sugam Pokhkrel...............
View All

Photo Gallery