समाचार

सुनसरी र मोरङका खोलाहरुमा तटवन्धन गर्न सरकारलाई अढाई अर्व भन्दा वढी रकम माग III

river.jpg

जल उत्पन्न प्रकोप डिभिजन कार्यालयले मोरङ र सुनसरी जिल्लामा रहेका नदी एव खोलाहरुमा तटवन्धन गर्न सरकारसँग २ अर्व ६५ करोड २९ लाख ९६ हजार रुयैयाँ माग गरेका छ ।
मोरङ जिल्ला तर्फ वक्राहा,गछिया, चिसाङ, सिघिया लगायत ११ वटा र सुनसरी तर्फ वुढी, सुनसरी,सेरा, सेउती ,सर्दु लगायत १२ गरी कुल २३ वटा खोलाहरुमा तत्काल तटवन्धन निर्माणका लागि डिभिजन कार्यालयले सिचाइँ मन्त्री संजय गौतम र सचिव रामानन्द यादव सहितको टोली समक्ष आवश्य वजेटको माग गरेको हो । साउनको अन्तिम साता आएको बाढीले तहस नहस बनाएको वाँधलाई पुनः निर्माण गरी खोला नियन्त्रण गर्नका लागि बजेट माग गरिएको डिभिजन कार्यालयले जनाएको छ ।
 डिभिजन कार्यालय विराटनगर अनुसार मोरङ जिल्लाका खोलाहरुमा तत्काल तटवन्धन गरी रोकथामका लागि १ अर्व २७ करोड ६४ लाख ६१ हजार र सुनसरी जिल्लाका लागि १ अर्व ३७ करोड ६५ लाख ३५ हजार रुपैयाँ आवश्य पर्ने छ । जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालयका प्रमुख डा. देव नारायण शाहले दुई जिल्लाका विभिन्न खोलामा अनुगमन गर्दा तत्काल तटवन्धन नगरेको खण्डमा भविष्यमा ठूलो मानविय क्षति हुने स्थाहरुको पहिचान गरी तत्काल तटवन्धन गर्नु पर्ने अति शंवेदनशील क्षेत्रका लागि वजेट माग गरिएको बताउनुभयो ।
कुनैपनि अवस्थामा अति शंवेदनशील क्षेत्र अन्तर्गत पर्ने खोलामा वाढी आएको खण्डमा खोलाले ठूलो मानवीय क्षति हुने देखिएको डा. शाहले बताउनुभयो । जल उत्तपन्न कार्यालयका अनुसार साउनको अन्तिमा साता सिगिया, वक्राहा, रतुवा लगायतको खोलामा आएको वाढिले धनजन तथा खेती योग्य जग्गा कटान गर्दा मोरङमा मात्र १ अर्व ६० करोड वरावरको क्षति भएको छ ।
 

Vijaypur Top Ten Songs

  • J J bhanchau...............
  • Kunai Din...............
  • Pahenlo Batti Muni ...............
  • Jhyamma Jhyamma...............
  • A Mero Hajur...............
  • J J Bhanchhau-Sugam Pokhkrel...............
View All

Photo Gallery