समाचार

अमेरिकामा प्रत्येक वर्ष राई इज किङ डे फेस्टिभल मनाईने

singer-Rajesh-payal-Rai-1.jpg

नेपालका चर्चित गायक राजेपायल राईलाई अमेरिकामा अहिलेसम्म कै ठूलो सम्मान दिइएको छ। रोचेस्टर सिटीले राईको नाममा प्रत्येक वर्ष "राई इज किङ डे" फेस्टिभल मनाईने भएको छ। यो संगै राइलाई  रोचेस्टर सिटीले "इन्टरनेशनल पप स्टार" को उपाधि समेत प्रदान गरेको छ। अमेरिकाको रोचेस्टर सिटी हलमा गायक राईलाई  रोचेस्टर सिटीका मेयर लभ्ली वारेन र डाइरेक्टर डेपुटी मेयर डा.केर्डिक एल. अलेक्जन्डरले संयुक्त रुपमा प्रमाणपत्रसहित सम्मान गरेका हुन । कार्यक्रममा बोल्दै डेपुटी मेयर डा. अलेक्जन्डरले अब रोचेस्टर सिटीमा प्रत्येक वर्ष "राई इज किङ डे" फेस्टिभलको रुपमा मनाउंने घोषणा गरे  ।
 
नेपाली कलाकारलाई अमेरिकामा अहिलेसम्म कै ठूलो सम्मान प्रदान गरेको भन्दै राईले रोचेस्टर सिटीप्रति आभार व्यक्त गरे। कार्यक्रममा अहिलेसम्म कै भव्य, सभ्य र यति ठूलो पदाधिकारीबाट नेपाली कलाकार सम्मानित भएको जानकारी आयोजक विजय खड्काले बताए। नेपाली कलाकारलाई विमानस्थलबाट अमेरिकी प्रहरीले कार्यक्रम स्थलसम्म सुरक्षा प्रबन्ध दिएको यो पहिलो पटक भएको पनि आयोजक खड्काले बताए । 

 

Vijaypur Top Ten Songs

  • J J bhanchau...............
  • Kunai Din...............
  • Pahenlo Batti Muni ...............
  • Jhyamma Jhyamma...............
  • A Mero Hajur...............
  • J J Bhanchhau-Sugam Pokhkrel...............
View All

Photo Gallery