समाचार

भोटेपुल सांस्कृतिक साँझ हुने

bhotepul.jpg

२०७४/७/२२ धरान ८ शिदार्थमार्गका यवाहरूको आयोजना तथा शिदार्थ पुस्तकालयको समयोजनामा यही कार्तिक २४ गते सुक्रबारका दिन शिदार्थमार्ग स्थित कबीर टोलको परिसरमा पहिलो पटक भोटेपूल सांस्कृतिक साँझ ग़र्ने भएको छ । टोलका स्थानीय नव प्रतिभा तथा धरानका चर्चित कलाकार एवं ब्याण्डहरूको प्रस्तुति रहने , धरानलाइ गीत संगीतको माध्यमबाट सांगीतिक शहरको रुपमा परिचित गराऊदै पर्यटन प्रबर्धनमा सहयोग पूर्याउने , टोल , समाजमा आपसी सदभाव एवं भातृत्व कायम गरी समाज रूपान्तरणमा यवाहरूलार्इ अग्रसर गराउने , ओझेलमा परेका स्थानीय नव कलाकारहरूलाई पहिचान गराइ अवसर प्रदान गर्ने , कूलतमा फसेका यवाहरूलाइ सांगीतिक महोलमा पुनस्थापना गर्दै ब्यक्तित्व विकासमा परिवर्तन गर्ने , उदेश्य रहेको पत्रकार सम्मेलनमा सचिव निर्मल राइले जानकारी गराउनु भाएको हो । ४ लाख ४४ हजार लागतमा सम्पन्न हने सांस्कृतिक कार्यक्रमको रकम सबै टोल बासीहरुको सहयोगबाट जुटेको साथै कार्यक्रममा नेपाल आइडलका टप १६ कंटेस्टेंट धरान ८ का गायक सूरज तामाँग , आउट साइडर ब्याण्ड , वाल्किङ क्लाउड ब्याण्ड , तपश्वी ब्याण्ड , गंगा बरदान लगायत वेग स्टेट डाँस सेण्टरका नृत्य रहने पनी राइले बताउनु भयो ।

Vijaypur Top Ten Songs

  • J J bhanchau...............
  • Kunai Din...............
  • Pahenlo Batti Muni ...............
  • Jhyamma Jhyamma...............
  • A Mero Hajur...............
  • J J Bhanchhau-Sugam Pokhkrel...............
View All

Photo Gallery